Thursday, November 14, 2019
Home > खेलकुद समाचार > ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने

ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने

ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिनु भयो । प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतिय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ । सो खेलकुद प्रतियोगिता संचालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *