Monday, March 30, 2020
Home > मुख्य समाचार > सुन तस्कर पक्राउ

सुन तस्कर पक्राउ

संखुवासभामा ५ किलो सुन तस्करीको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भोटखोला गाउँपालिका–२ लिङगमको घटे्खोलामा ५ किलो सुन सहित पक्राउ परेका २६ वर्षिय तोप्चेन भोटेको बयानका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटखोला गाउपालीका २ का ६० वर्षिय जर्गा भोटे र ३२ वर्षिय छयाङ रिन्जिन भोटे रहेका छन् । उनीहरु जिल्लाको सदुमुकाम खाँदवारीमा बस्दै आएका थिए । पक्राउ परेका भोटे दुवै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएकोे छ । चिनको तिब्बतबाट जिल्लाको किमाथांका नाका हुदै खाँदवारी तर्फ ठुुलो परिमाणको अबैध सुन तस्करी भइरहेको सुराकीको आधारमा भोटखोला गाउँपालिका–२ लिङगमको घटे्खोलामा गत असोज २७ गते दिउसो पाँच किलो सुनसहित तोप्चेन भोटे पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *