Thursday, November 14, 2019
Home > खेलकुद समाचार > त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । पुरस्कार सौजन्यकर्ता समाजसेवी श्याम गुरुङले नगद १० हजार प्रदान गरे । १० वटा टिम सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *