Friday, February 28, 2020
Home > राष्ट्रिय समाचार > ‘भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने’

‘भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने बताउनु भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्याममा भारतीय नक्सामा नेपालको कालापानी लगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्विकार्य नहुने चेतावनी दिनु भएको हो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तर त्यसका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसको निष्कर्ष नआई भारतीय नक्सामा नेपाली भूभाग समेटिएको भन्न नमिल्ने उहाँको भनाई छ ।  सल्लाहकार भट्टराईले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले त्यसमा सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *