Friday, November 15, 2019
Home > राष्ट्रिय समाचार > नेपाली कांग्रेसले उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले कास्की, बाग्लुङ, दाङ, भक्तपुरमा हुने प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो लगाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कास्की क्षेत्र नम्बर २ बाट खेमराज पौडेललाई उठाउने टुंगो लागेको छ । यस्तै, प्रदेशसभा निर्वाचनका लागि बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ (ख) मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को (क) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निधो भएको शर्माले जानकारी दिनुभयो । कास्की–२ मा पौडेललाई उठाउने विषयमा पदाधिकारीबीच असहमति भएपछि सभापति देउवा एक्लैले टुंगो लगाउनुभएको थियो । सभापतिले आफूनिकटलाई उम्मेदवार बनाउन अडान लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत नेता बैठकबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *