Thursday, November 14, 2019
Home > मुख्य समाचार > नेविसंघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझायो

नेविसंघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझायो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै आज भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए । कालापानीलगायतका नेपाली भूमि समावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *