Friday, November 15, 2019
Home > खेलकुद समाचार > झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा

झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा

गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो । गोलको खाता भने चर्च ब्वाइजले खोलेको हो । लगत्तै गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा खेलको निर्णय नभएपछि टाइब्रेकर रोजिएको थियो । जसमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो । गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो भने बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा भोलि त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *