Thursday, November 14, 2019
Home > मुख्य समाचार > ‘भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई अस्विकार्य’

‘भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई अस्विकार्य’

भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरेको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताउनु भयो । आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एक पक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्विकार गरिदिएको बताउनु भयो । उहाँले नेपालको करिव २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताउनु भयो । नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्याउनु भयो । मन्त्री बास्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *