Friday, February 21, 2020
Home > राष्ट्रिय समाचार > श्रम कार्यालय विराटनगरद्धारा पीडितको ३ करोड बढी रकम असुल

श्रम कार्यालय विराटनगरद्धारा पीडितको ३ करोड बढी रकम असुल

वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्नेहरुबाट श्रम तथा रोजगार कार्यालय विराटनगरले ३ करोड बढी पीडितको रकम असुल गराएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गर्नेलाई श्रम तथा रोजगार कार्यालय विराटनगरले कारबाही गरी ३ करोड भन्दा बढी रकम असुल गरेको कार्यालयले जनाएको छ । २०७५ फागुन २३ देखि २०७६ असार सम्ममा उक्त रकम असुलेको कार्यालयको भनाई छ । थप ३ करोड उठाउने पाइप लाइनमा कार्यालय रहेको बेला श्रम विभागले श्रम तथा रोजगार कार्यालयको अधिकार कटौती गरेर ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैदेशिक रोजगारीमा भएको ठगीको मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारमा भएको ठगीको मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छ । तर विभागलाई अनुसन्धान अधिकृत तोक्ने र अधिकार प्रत्यायोजन गर्न सक्ने अधिकार भने ऐनले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *