Thursday, November 14, 2019
Home > मुख्य समाचार > नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको भारतको दाबी

नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको भारतको दाबी

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ ।

आज भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताउनुभयो । उहाँले नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन नगरिएको बताउनुभयो । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *