Friday, April 03, 2020
Home > मुख्य समाचार > भारतीय प्रधानमन्त्री मोदीसहित भारतले सार्वजनिक गरेको नयाँ नक्सा झापामा जलाइयो

भारतीय प्रधानमन्त्री मोदीसहित भारतले सार्वजनिक गरेको नयाँ नक्सा झापामा जलाइयो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोष्टर झापामा जलाइएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले सीमावर्ती नाकामा पर्ने भद्रपुर ५ स्थित मेची पुलमा प्रधानमन्त्री मोदी र भारतीय नक्साको पोष्टर जलाएको हो । भारतको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै देशभरमा विरोध प्रदर्शन भइरहेको अवस्थामा युवा संघले पनि विरोधसभाको आयोजना गरेको नगर अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिनुभयो । भारतको विहार तथा बंगला सीमासँग जोडिएको भद्रपुरको मेची पुलमा नेकपाका कार्यकर्ताहरुले भारतीय विस्तारबाद मुर्दाबाद, भारतीय प्रधानमन्त्री मुर्दाबाद, नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक इन्डिया भन्दै करिब आधा घण्टा नाराबाजी गरेका थिए । भद्रपुर भन्सार अगाडिबाट निस्किएको विरोध र्याली मेचीपुल चढने दशगजा क्षेत्रमा गएर नेकपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै कोणसभा गरेका थिए । कोणसभामा नेकपा झापाका जिल्ला सदस्य तथा भद्रपुर इञ्चार्ज असारु राजवंशीले भारतीय विस्तारबादले नेपाली भुमि मिचेकोले यसलाई फिर्ता गराउन युवाहरु सडकमा उत्रिएको बताउनुभयो । भारतीय सरकारले नेपाली भुमि फिर्ता नगरे झापाबाटै आन्दोलन चर्काउने उहाँले चेतावनीे दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *