Monday, June 01, 2020
Home > खेलकुद समाचार > नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको हो । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुनेछ । विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुनःनिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि एएफसीले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटका सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *