Saturday, August 08, 2020
Home > राष्ट्रिय समाचार > सिमा अतिक्रमणको विराटनगरमा पनि विरोध

सिमा अतिक्रमणको विराटनगरमा पनि विरोध

महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले समेत सिमा अतिक्रमणको विरोधमा प्रर्दशन गरेका छन । सो कलेजका विभिन्न विद्यार्थी संगठनहरुले एकिकृतरुपमा सिमा अतिक्रमणको विरोध गरेका हुन । आज बिहान कलेज परिसरबाट निस्किएको विद्यार्थीको र्यालीले नरावाजीगर्दै नगरक्षेत्रको परिक्रमा गरेको छ । र्यालीका सहभागिले मिचिएको भूमि फिर्ता गर भन्ने नारा लगाउदै भारत बिरोधी चर्का नाराबाजी समेत गरेका थिए ।

विरोध र्याली पछि स्थानिय रोडशेष चोकमा कोण सभा समेत गरिएको थियो । कोण सभामा वक्ता विद्यार्थीहरुले भारतले नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता लिन अविलम्ब कुटनितिक पहल गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *