Monday, July 06, 2020
Home > मुख्य समाचार > ‘गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर’

‘गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर’

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर आएको बताउनु भएको छ ।

भरतपुरमा महानगर कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम बोल्दै उहाँले नेपालको भूमि फिर्ता लिने यो अवसरलाई गुमाउन नहुने बताउनु भयो । पूराना ऐतिहासिक दस्तावेजले ती भूमि हाम्रो भएको पुष्टी गरेको बताउदै उहाँले नेपालको जमिन भारतको नक्सामा पारिएको बताउनुभयो । यो विषयमा नेपालमा पहिलो पल्ट ऐतिहासिक सहमति र एकता भएकाले आफ्नो भूमि फिर्ता गरेर नयाँ इतिहास कोर्नु पर्ने बताउनु भयो । प्रशिक्षण कार्यक्रममा उहाँले नेकपाको थर्ममिटर नाप्ने समय नै उपनिर्वाचन भएकाले यसलाई अवसर र चुनौतीको रुपमा लिनु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *