Sunday, July 05, 2020
Home > खेलकुद समाचार > नेपाल एभिसी भलिबलको फाइनलमा प्रवेश

नेपाल एभिसी भलिबलको फाइनलमा प्रवेश

नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५–७, २५–६ र २५–६ को सेटले पराजित गर्याे । यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब नेपालले अन्तिम खेलमा भोलि बलियो टिम माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानहासिलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *