Saturday, August 08, 2020
Home > राष्ट्रिय समाचार > लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा विराटनगरमा प्रभातफेरी

लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा विराटनगरमा प्रभातफेरी

छन्दवाटिका नेपाल विराटनगरले लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा आज विराटनगरमा प्रभातफेरी निकालेको छ ।

आज विहान देवकोटा चोक वाट निकालिइएको प्रभातफेरी बुद्धचौक, हस्पिटल चोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गरी देवकोटाको सालिक अगाडि पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा कविहरूले देवकोटाका र देवकोटा सम्बन्धी लेखिएका कविता गीत र गजलहरू बाचन गरेका थिए । कार्यक्रममा नाट्यकर्मी भरत गुरगाइँ, लक्ष्मी पोखरेल, सहप्राध्यपक भूषण ढुङ्गेल, मधु पोखरेल, मञ्जुश्री गिरी, कविराज पोखरेललगायतले कविता, गजल बाचन गरेका थिए । संस्थाका अध्यक्ष साहित्यकार हरि कट्टेलले कार्यक्रमको औचित्यता पुष्टि गर्दै देबकोटाको योगदान बारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *