Sunday, January 17, 2021
Home > मुख्य समाचार > धरानको मेयरका लागि २३ जना उम्मेदवार

धरानको मेयरका लागि २३ जना उम्मेदवार

धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरका लागि २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

१२ वटा विभिन्न दल र ११ जना स्वतन्त्र गरी २३ जनाले धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तिलक राईले उम्मेदवारी दर्ता गरेका छन् । धरान उपमहानरपालिका वडा नम्बर ७ को रिक्त रहेको वडाअध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका जीवनराज सुवेदी, कांग्रेसका सुवर्णमोहन पलिखे, संघीय लिम्बुवान मञ्चकी निता राई, राप्रपाका दिनेश शाक्यले उमेदवारी दर्ता गराएका हुन् । धरानका तत्कालीन नगर प्रमुख तारा सुब्बा र वडा नम्बर ७ का अध्यक्ष भुवन मोक्तानको निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *