Monday, April 06, 2020
Home > मुख्य समाचार > गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गर्नु भएको छ ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भईरहेको दावी गर्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो । मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *