Thursday, February 27, 2020
Home > खेलकुद समाचार > नेपाललाई भलिबलमा ऐतिहासिक सफलता

नेपाललाई भलिबलमा ऐतिहासिक सफलता

नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो । ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई ३—० को सोझो सेटमा पराजित गर्याे । नेपालले २५—१३, २५—१२ र २५—८ ले जित्न सफल भयो । नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो । प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो । माल्दिभ्सले शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो । नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ । नेपालले हालसम्म स्वर्णपदक जित्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *