Monday, April 06, 2020
Home > मुख्य समाचार > निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो । निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिनु भयो । तर त्यो हरेक वर्ष ६÷६ महिनामा थप गरेर ६० वर्ष पुर्याईनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६÷६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताउनु भयो ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवःथा गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि आज पनि छलफल गरिएको थियो। बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *