Saturday, July 11, 2020
Home > खेलकुद समाचार > कुवेतसँगको खेलको लागि नेपाली टिमको घोषणा

कुवेतसँगको खेलको लागि नेपाली टिमको घोषणा

फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूहको पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ ।

दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुँदैछ । खेल मंगलबार हुनेछ । खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले अन्तिम टोलीको घोषणा गरेका छन् । विश्वकप छनोटका अघिल्ला ४ खेल गुमाएका फरवार्ड भरत खवासले टोलीमा स्थान बनाएका छन् । चोटका कारण मिडफिल्डर विशाल राई टोलीबाहिर रहँदा अघिल्लो साता म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका मिक्छेन तामाङ भने टोलीमा परेका छन् । यस्तै अर्का मिडफिल्डर हेमन गुरुङ पनि टोलीमा रहेका छैनन् । सुरुवाती ४ खेल नै अवे खेलेको नेपालले १ जित र ३ हारको नतिजा निकालेको छ । पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । त्यसपछि अष्ट्रेलियामा ५–० ले पराजित नेपालले जोर्डनको मैदानमा ३–० को हार बेहोरेको थियो । अंक तालिकामा नेपाल ३ अंक जोड्दै अंकविहिन ताइपेइभन्दा माथि चौथो स्थानमा छ । शत प्रतिशत नतिजासहित अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोडेको छ भने कुवेत र जोर्डनको ७–७ अंक रहेको छ । बिहिबार कुवेतले चाइनिज ताइपेइलाई ९–० ले पराजित गर्दा अष्ट्रेलियाले जोर्डनमाथि १–० को जित दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *