Thursday, June 04, 2020
Home > राष्ट्रिय समाचार > विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सडक क्षेत्रलाई नो पार्किङ जोन बनाईने

विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सडक क्षेत्रलाई नो पार्किङ जोन बनाईने

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका नयाँ प्रमुख राकेशकुमार पोद्दारले विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सडक क्षेत्रलाई नो पार्किङ जोन बनाईने बताउनुभएको छ ।

आजैबाट कार्यभार सम्हाल्नुभएका मोरङ ट्राफिक प्रहरी प्रमुख पोद्दारले संचारकर्मीसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले सो क्षेत्रमा जताजतै सवारीसाधन पार्किङ गर्ने र जुनसुकै ठाँउबाट यात्रु चढाउने र ओराल्ने परिपाटिका कारण सडक जाम हुने गरेको बताउदै समस्या समाधन गर्न सो क्षेत्रलाई नो पार्किङ जोन बनाउने कार्ययोजना रहेको सुनाउनुभयो । प्रहरी निरीक्षक पोद्दारले नगरक्षेत्रमा जताततै सडक निर्माणको काम चलिरहेका कारण ट्राफिक ब्यवस्थापन चुनौतीको रुपमा रहेको बताउदै ट्राफिक ब्यवस्थापनगर्न सचेतनाको कामलाई प्रभावकारीरुपमा संचालन गरिने बताउनुभयो । उहाँले प्रदेशको राजधानी समेत रहेको विराटनगरलाई जाम रहित बनाउन आफुले यथासम्भव प्रयास गर्ने समेत बताउनुभयो । ट्राफिक प्रमुख पोद्दारले आयल निगम,सातघुम्ती र गुद्रीक्षेत्रमा गरिने अव्यवस्थित पार्किङलाई समेत निषेध गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *