Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने

उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनुभएको छ ।

अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठ्यारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनुभएको हो । उहाँले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहोर्याउनुभयो । अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अँध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुनसक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्याउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *