Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > सिमा अतिक्रमणको मोरङको बेलबारीमा पनि विरोध

सिमा अतिक्रमणको मोरङको बेलबारीमा पनि विरोध

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषयलाई लिएर मोरङको बेलबारीका युवाहरु पनि आन्दोलित भएका छन् ।

युवा जागरण नेपालको सक्रियतामा भेला भएका विभिन्न पेसा, व्यवसाय, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवाहरुले र्यालीको आयोजना गरेर भारतको हेपाहा प्रवृत्तिविरुद्ध आन्दोलित भएका हुन । कालापानी हाम्रो हो, गो व्याक ईण्डिया लेखिएका प्लेकार्ड बोकेर युवाहरु नगर परिक्रममा गरेका थिए । बेलबारी नगरपालिकाको उत्तरतर्फ रहेको दुर्गा मन्दिरबाट निस्किएको र्याली बजार परिक्रमा गरेर पुनः बसस्ट्याण्ड नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । र्यालिपछि कोणसभालाई युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, विद्यार्थी नेता पारुल क्षेत्री, उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदी, नेपाली कांग्र्रेस महासमिति सदस्य नगेन्द्र जमरकट्टेल, संघीय समाजवादीका अमिर मगरलगायतकाले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *