Friday, April 03, 2020
Home > मुख्य समाचार > रंगेली बजारमा चल्यो डोजर, सडकछेउका घर टहरा भत्काइयो

रंगेली बजारमा चल्यो डोजर, सडकछेउका घर टहरा भत्काइयो

मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा नगरपालिकाले डोजर लगाएर दर्जनौ घर टहरा भत्काएको छ ।

हुलाकी राजर्माग सडक खण्डअन्र्तगत रंगेली वजार क्षेत्रको ४.९ कि.मी सडक शहरी मापदण्ड बमोजिम निर्माण हुने भएपछी घर भत्काएको हो । नगरपालिकाले समय सिमामा घरटहरा खाली नगरेको भन्दै सोमबार विहानै आमतोला चौकदेखि रंगेली बजारसम्मको आधा दर्जन घरमा डोजर चलाएको छ । संघिय सरकार सडक डिभिजन निर्देशानलयले नगरपालिकालाई सडक केन्द्र देखि १५÷१५ मिटर सडक खालि गराई दिन पत्रचार गरेपछी पछिल्लो ८ महिना यति देखि नगरपालिकाले स्थानिय बजारबासीलाई घरटहरा खालि गरिदिनका लागी पटक पटक अनुरोध गर्दै आएको थियो । नगरपालिकाले सार्वजनिक सुचना गरी मंसिर १ गते सम्म घरटहरा खालि गर्नका लागी दिएको समय पनि अटेर गरिएकाले घर भत्काइएको रंगेली नगरपालिकाका मेयर दीलिप बगेडियाको भनाई छ ।

सो क्रममा आमतोला क्षेत्रमा कच्ची टाटीका ५ घरटहरामा डोजर लगाइएको छ भने रंगेली बजारको मुख्य चौकमा रहेको मंगलचन्द्र अग्रवालको घरमा समेत डोजर लगाएर घर भत्काइको थियो । अग्रवालको परिवारले मुआव्जाको माग राख्दै आएका थिए । यता मुअब्जा नदिइ घरटहरा भत्काइएको भन्दै नेपाली कांग्रेस मोरङ र संघीय समाजवादी पार्टी मोरङले विरोध जनाएका छन् ।  प्रशासनले घर भत्काउनका लागी बाक्लो सुरक्षाकर्मी परिचालन गराएको थियो । घर टहरा भत्काउन ३ वटा डोजरको प्रयोग गरेको थियोे । सो क्रममा अग्रवालका परिवारले सरकारी मुआव्जा र अदालती प्रक्रियामा रहेको बताउँदै घर भत्काउन रोकेपछी प्रहरीले अग्रवालका परिवारका ६ सदस्यलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राख्दै घर भत्काउन शुरु गरेको थियो । सडक विस्तारका क्रममा रंगेली बजार क्षेत्रमा ८७ वटा घर भत्किएका छन् । जसमा ८६ वटा घर स्थानिय आफैले नगरको सुचना अगावै भत्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *