Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > कुवेतसँग १-० गोल अन्तरले नेपाल पराजित

कुवेतसँग १-० गोल अन्तरले नेपाल पराजित

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलको झिनो अन्तरले पराजित भएको हो । चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाए । यस अघि नेपाल अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *