Monday, April 19, 2021
Home > मुख्य समाचार > तेह्रथुमका पोखरीहरु दिनानुदिन सुक्दै

तेह्रथुमका पोखरीहरु दिनानुदिन सुक्दै

जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण बिभिन्न क्षेत्रका पोखरीहरु दिनानुदिन सुक्दै गएका छन् । पछिल्लो समय पानीका मुहानहरु घट्दै गईरहेकाले अधिकांश पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो ।

तेह्रथुमको आठराई क्षेत्रकै पहिचानको रुपमा रहेको देउडी पोखरीको पानी सुकेर यतिबेला सुख्खा भएको छ । कहीबर्ष अघिसम्म टम्म पानीले भरिएको पोखरी एकाएक सुकेपछि पोखरी भित्र भार र बुट्ट्यान पलाएका छन् । पुर्वकै महत्वपूर्ण पोखरीको रुपमा परिचित यस पोखरीमा पानी भरिभराउ हँुदा माछापालन तथा स्थानिय छातेढुंगा, ईवालगायत खुख्खाग्रस्त क्षेत्रमा सिंचाईसमेत गर्ने गरिएको थियो । केही बर्ष अघिसम्म यस पोखरी हेर्न तथा घुम्नका लागी पर्यटकहरु समेत आउने गरेका थिए । तर अहिले यहाँ आईपुग्ने पर्यटक निराश भएर फर्कने गरेका छन् ।
पोखरीको नजिकै पञ्चकन्या मन्दिरसमेत छ । मन्दिर र पोखरी संरक्षणका लागी हालसम्म कुनै निकायबाट पनि ठोस पहल नभएको पाएको छ । स्थानियको मागको कारण गाउँपालिकाको ५ नंम्बर वडाले पोखरीमा पानीको व्यवस्थापन गर्ने जनाएको छ ।

आठराई क्षेत्रको तत्कालीन गाउँपञ्चायत, सबैभन्दा पुरानो विद्यालय यसै पोखरीको नामबाट राखिएको थियो भने यहाँ स्थापना भएका विभिन्न संघसंस्था तथा समूहको नामाकरण पनि यहि पोखरीबाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *