Sunday, December 15, 2019
Home > खेलकुद समाचार > महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित

दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल, भारतसँग पराजित भएको छ ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपाल बलियो टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । हालै मात्र सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपालका लागि भारतसँगको खेल परीक्षा थियो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । तर २४–२२ को अवस्थामा पुगिसकेको नेपालले जित निकाल्न सकेन । नेपाललाई त्यही अवस्थामा रोक्दै भारतले पहिलो सेटमा २६–२४ को जित निकाल्यो । त्यसपछिका दुई सेटमा भारत हाबी भयो । भारतले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१६ ले दुबै जित्यो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । नेपाल र भारत दुबैको समान ३–३ अंक छ भने बंगलादेशको शुन्य । अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराए उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *