Friday, November 27, 2020
Home > आर्थिक समाचार > साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने

साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने

अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताउनु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताउनुभयो । साना तथा घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना गर्न उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि पनि पूँजी अभाव हुन नहुने बताउनुभयो । उहाँले बैंकहरुमार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्नपनि हस्तकला व्यवसायीहरुलाई आग्रह गर्नुभयो । हस्तकलाका उत्पादनहरुको निर्यात बढाउने गरी उत्पादनमा वृद्धि गर्नसमेत उहाँको आग्रह थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायको विकासका लागि आधुनिक प्रविधि र सिप विकासमा सघाउ पुर्याउनुपर्ने बताए ।व्यवसायीहरुले सरकारले हस्तकलाका उत्पादनको प्रवद्र्धन र निर्यातका लागि सहयोग गर्नुपर्ने माग समेत गरेका छन् । पर्यटन वर्ष २०२० मा पर्यटकहरुलाई नेपाली हस्तकलाको जानकारी गराउन छुट्टै प्रदर्शनीस्थलको व्यवस्था गर्नसमेत हस्तकला व्यवसायीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *