Monday, April 19, 2021
Home > मुख्य समाचार > बारामा यात्रुबहाक बस दुर्घटना, ३३ जना घाइते

बारामा यात्रुबहाक बस दुर्घटना, ३३ जना घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा यात्रु बहाक बस आज बिहान दुर्घटना हुँदा ३३ जना गम्भीर घाईते भएका छन् ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । जनकपुरबाट बुटवल भैरहवा जाँदै गरेको ना.४.ख.७९९० नम्बरको यात्रु बस निजगढको उनासी पुलबाट खोलामा खसेको हो । सोही बसका सवार धनुषा रणभिम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ , लेसनायक प्रकाश कार्की , लेसनायक सानुबावु कार्की , महादेव चौधरी , सिपाही अंजना राई , ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विक लगायत अन्य यात्रु दुर्घटनामा परि गम्भीर घाईते भएको बारा प्रहरीले जनाएको छ । नेपाली सेनाका गरि ३ जना यात्रुको अवस्था चिन्ताजनक रहेको बताईएको छ । घाईतेहरुको बिरगंज पठाईएको छ ।

सो बसको अगाडी तर्फको स्प्रीङ्ग पट्टाका कारण दुर्घटना भएको हुँन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *