Monday, June 01, 2020
Home > खेलकुद समाचार > साग भलिबलः भारतद्धारा बंगलादेश पराजित, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

साग भलिबलः भारतद्धारा बंगलादेश पराजित, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ ।

भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा पनि बंगलादेशसँग समान ३–० कै सोझो सेटमा पराजित भएको थियो । नेपालले पनि भारतसँगको खेल ३–० को सोझो सेटमा गुमाएको थियो । यद्दपी नेपालले पहिलो सेटमा भने कडा टक्कर दिएर अन्तमा २६–२४ ले खेल गुमाएको थियो । अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *