Sunday, December 15, 2019
Home > मुख्य समाचार > आचारसंहिताको उल्लंघन गर्दै उपनिर्वाचनको अघिल्लो दिन वितरण गर्न तयार माछा बरामद

आचारसंहिताको उल्लंघन गर्दै उपनिर्वाचनको अघिल्लो दिन वितरण गर्न तयार माछा बरामद

मोरङको धनपालथान वडा नम्बर दुईमा हुन गईरहेको उपनिर्वाचनलाई प्रभावित पार्ने गरी बाड्न तयार पारिएको माछा स्थानीय र नेपाली का्रग्रेसका कार्यकर्ताले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भोली हुने निर्वाचन प्रभावित पार्न माछा बाँडेको स्थानीयको आरोप छ । धनपालथान गाउँ पालिका वडा नम्बर दुईको वडा अध्यक्ष पदको निर्वाचन भोलि हुँदैछ । सोहि निर्वाचनका मतदातालाई प्रभावित पार्न माछा बाडेको थाहा पाएपछि नेपाली कांग्रेसका कार्यकर्ता तथा स्थानीयबासीले माछा समातेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।  धनपालथानको ललियामा पोखरीबाट माछा झिकेर एक क्वीन्टल ७४ किलो माछा मतदातालाई बाँडी सकेको स्थानीयको भनाई छ । मतदातालाई माछा बाँडी रहेको आबस्थामा स्थानीयले माछा बितरण गर्ने मानिस, माछा बोकेको सवारी साधन र बाड्न बाँकी माछा प्रहरीको जिम्मा लगाएका हुन । निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले माछा, सवारी साधन र मानिस प्रहरीको नियन्त्रणमा रहेको र के कस्तो कारबाही गर्ने भन्ने विषयमा सर्वदलिय बैठक निर्णय गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *