Sunday, December 15, 2019
Home > मुख्य समाचार > उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको आयोगको भनाइ

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको आयोगको भनाइ

आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

कूल ४ लाख ५४ हजार ११४ मतदाता रहेकामा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी दिएको छ ।

यसैबीच रोल्पाको थवाङमा नेकपा विजयी भएको छ । नेकपाका जनकबहादुर बुढा वडाध्यक्षमा विजयी हुनुभएको हो । बुढाले १ सय ७४ मत प्राप्त गर्दा कांग्रेसका कमल रोक्काले ३६ मत प्राप्त गर्नुभएको छ । अन्य स्थानमा मतपेटिका संकलन गर्ने काम भइरहेको आयोगले जनाएको छ । १२ घण्टाभित्र निर्वाचनको ५० प्रतिशत बढी नतिजा आइसक्ने बताइएको छ । उपनिर्वाचन अन्र्तगत प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त ५२ पदका लागि विभिन्न ३७ जिल्लामा मतदान भएको हो । विहान सात बजेबाट शुरु भएको मतदान बेलुकी पाँच बजेसम्म चलेको थियो । २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएकाले ५२ ठाउँमा नयाँ प्रतिनिधि चयन हुन लागेका हुन । २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु , राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएको ५२ ठाउँमा नयाँ प्रतिनिधि चयनका लागि मतदान भएको हो । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र निर्धारण गरिएको थियो । प्रतिनिधिसभा अन्र्तगत कास्की क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर, दाङ र बाग्लुङमा मतदान भएको थियो । त्यस्तै धरान उपमहानगर प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि पनि मतदान भएको छ । त्यस्तै, विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *