Sunday, December 15, 2019
Home > खेलकुद समाचार > सागको १३ औं संस्करण भोलीबाट काठमाडौंमा, तयारी पूरा

सागको १३ औं संस्करण भोलीबाट काठमाडौंमा, तयारी पूरा

दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण भोलीबाट काठमाडौंमा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्दै हुनुहुन्छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले हिजो बेलुकी सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा गरिएको छ । दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रस्तुत हुँदैछन् । यसका लागि एक हजारभन्दा बढी कलाकारले तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ । सागका २८ खेलमध्ये आठ खेल पोखरामा र कुस्ती जनकपुरमा हुने आयोजकले जनाएको छ । मंसिर २४ गतेसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिकसहित ६ हजारभन्दा बढीले सहभागिता जनाउने बताइएको छ । यसैबीच १३ औं दक्षिण एसियाली खेलकुद सागमा उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा भारत्तोलनका कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ । यसमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम अगाडि आए पनि अन्तिम समयमा नेपाल ओलम्पिक कमिटीले कमलको नाम फाइनल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *