Thursday, June 04, 2020
Home > खेलकुद समाचार > सागमा नेपाललाई २० स्वर्ण

सागमा नेपाललाई २० स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २० र्पुयाएको छ ।

हिजो नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो । आज नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन । त्यस्तै नेपालले आज कराँतेमा स्वर्ण थप गरेको छ । नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन । उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *