Sunday, March 29, 2020
Home > मुख्य समाचार > बाग्लुङको बडिगाडमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बाग्लुङको बडिगाडमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको परिचय खुलेको छ । अन्य चार जनाको परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसीको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका–४ का १५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएका छन् । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भिमगिठेको घोकर्णामा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *