Monday, April 19, 2021
Home > राष्ट्रिय समाचार > आफ्नै घर भित्र जलेर ८५ वर्षीय बृद्धाको मृत्यु

आफ्नै घर भित्र जलेर ८५ वर्षीय बृद्धाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका वडा नम्वर ३ मेमेङमा आफ्नै घर भित्र जलेर ८५ वर्षीय बृद्धाको ज्यान गएको छ ।

गएराति साढे एघार बजे भएको आगलागीमा परी टंकरानी थाम्सुहाङको ज्यान गएको हो । घरमा एक्लै वस्ने टंकरानीको घर गएराती साढे एघारवजे जलेको थियो । मध्यरातमा नियन्त्रण गर्न नै नसकिने अवस्थामा आगोको मुस्लो देखेपछि गाँउलेहरु भेला भएको प्रत्यक्षदर्शी गणेश थाम्सुहाङले बताउनुभयो । जलेको घर सरसफाइ गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रायः रातभर आगो तापेर बस्ने ती बृद्धको कपडामा आगो सल्केर घट्ना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *