Sunday, December 15, 2019
Home > राष्ट्रिय समाचार > धरान ७ का नवनियुक्त वडाध्यक्षद्धारा पदभार ग्रहण

धरान ७ का नवनियुक्त वडाध्यक्षद्धारा पदभार ग्रहण

उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग्रहण गर्नुभएकमो छ

सुवेदीले पदभार ग्रहण गर्दै वडाबासीलाई विद्युतिय चुल्हो र खानेपानीको धारा जडानमा ५०% छुट दिने निर्णय गर्नुभएको छ । ‘आर्थिक अवस्था कमजोर भएका दलित जनजाति तथा विपन्न परिवारलाई विद्युतिय चुल्हो र खानेपानी जडानमा प्रयोग हुने मिटर खरिदमा ५०% रकम अनुदान दिने निर्णयमा उहाँले हस्ताक्षर गर्नुभयो । पदभार ग्रहण कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार पोखरेल, नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष सुवेदीले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीताकासाथ पूरा गर्ने बताउनुभयो । धरानको मेयरमा निर्वाचित भएका कांग्रेस तिलक राईले भने भोली दिउँसो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *