Sunday, December 15, 2019
Home > खेलकुद समाचार > नेपाललाई सागमा २७ स्वर्ण

नेपाललाई सागमा २७ स्वर्ण

१३औं साग अन्तर्गत साइक्लिङमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् ।

गोकर्णमा आज साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन । नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ सेकेण्डमा पूरा गरे । नेपालकै निरभ श्रेष्ठले १ मिनेट ५०.८० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत हात पारे । नेपालकै परिचित थापाले १ मिनेट ५१.६६ सेकेण्डमा पूरा गर्दै कास्य जित्न सफल भए । त्यस्तै, भारतीय खेलाडी स्पेन्सर गोमेज चौथो भए । त्यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले २ मिनेट २२.४५ सेकेण्डमा पूरी पार गर्दै स्वर्ण जितिन् । नेपालकै जमुना थापाले २ मिनेट ४१.५५ सेकेण्ड सहित रजत जितिन् । भारतकी यसोधरा मधुकरले ३ मिनेट ३७.२३ मा पूरी पूरा गर्दै रजत जितिन् । यससँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ । अघिल्लो दिन २३ स्वर्ण जितेको नेपालले चौथो दिन कराते र उसुतर्फ पनि १–१ स्वर्ण थपेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *