Sunday, December 15, 2019
Home > मुख्य समाचार > प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताउनुभयो । मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार प्रकृया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाहअनुसार हुने उहाँले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो । उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहसमेत हेर्नुभएको थियो । सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *