Sunday, December 15, 2019
Home > खेलकुद समाचार > बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता स्थगित

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता स्थगित

अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

यही मंसिर १९ गतेदेखि २८ गतेसम्म हुने भनिएको गोल्डकप साग गेमका कारण स्थगित भएको धरान फुटबल क्लबले जनाएको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले एन्फाले मंसिर १९ गतेदेखि गोल्डकप आयोजना गर्न क्यालेण्डर बनाइदिएको भए पनि उक्त मितिमा साग खेलकुद भइरहेकोले गोल्डकप आयोजना गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अहिले साग खेलकुको मिति सर्दै अहिलेसम्म आइपुगेकोले गोल्डकपको आयोजना अन्यौल भएको छ । क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर गोल्डकपको मिति सारिदिन आग्रह गरेपनि समयमा एन्फाले जवाफ नदिएकोले गोल्डकपको आयोजना मिति अन्यौल हुन पुगेको अध्यक्ष राईले बताउनुभयो । एन्फाले मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक ए डिभिजन लिग गर्ने भएको छ । लिग हुने भएपछि गोल्डकपको कहिले गर्ने भन्ने झनै अन्यौल भएको फुटबल क्लबका महासचिव प्रताप तामाङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *