Sunday, December 15, 2019
Home > राष्ट्रिय समाचार > उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न नेकपाले दियो निर्देशन

उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न नेकपाले दियो निर्देशन

नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समिक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो । कमिटिहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उक्त बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

आगामी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । नेकपाको स्थायी कमिटि र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराउनु भएको थियो । गत मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाँकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्रीसमेत रहनुभएका ईश्वर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *