Sunday, December 15, 2019
Home > आर्थिक समाचार > केराका ४० बढी केराका परिकार बनाएर बिक्रि

केराका ४० बढी केराका परिकार बनाएर बिक्रि

इलाम । केराका कति परिकार खानु भएको छ । इलाम रोङ गाउँपाकिलाका बिकास राईले केराका ४० बढी केराका परिकार बनाएर बिक्रि गर्ने गरेका छन् ।

राईले उत्पादन गरेका केराका ४० वढि परिकार प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा राखेर विक्रि गरिरहेका छन् । एउटै केराबाट मम, समोसा, बनन चिप्स, मिटवल, निम्कि, खिर, अचार, जुस, वाइन लगायतका परिकार उनले उत्पादन गर्ने गरेका छन् ।  रोङ गाउँपालिकाको सहयोगमा कैलालीमा तालिम लिएर फर्किएका उनले घरमा नै रेष्टुरेन्ट सञ्चालनको तयारी गरेका छन् । सँगै तालिम लिएका सोहि ठाउँका यामप्रसाद अधिकारीले भने घरमा नै रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । महोत्सवमा विक्रिका लागि राखिएका परिकार खान र चाख्न आउनेको भिड लागेको छ । नौला स्वाद भएका कारण पनि धेरै ग्राहकको मन जितिरहेका राई श्रीमतीसहित स्टल राखेर विक्रि बितरण गरिरहेका छन् । महोत्सव अन्तर्गत कन्याममा साहित्य बिमर्श, श्रीअन्तुमा साँस्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *