Tuesday, July 07, 2020
Home > मुख्य समाचार > प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज हुनुभएको हो । गतहप्ताको आज अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई शल्यक्रियापछि आइसियुमा राखिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार ओलीले केही दिन बालुवाटारमै आराम गर्नुहुनेछ । डिस्चार्ज हुनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *