Sunday, March 29, 2020
Home > राष्ट्रिय समाचार > देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने

देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौंको कमलादीमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको शिलन्यास गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नयाँ सपना सहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले दक्षिण एसिया कै पहिलो टावर भएकाले पनि पर्यटन विकासमा कोशेढुंगा बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगशकुमार भट्टराईले नेपालको आर्थिक उन्नतीको प्रमुख जग पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काईवाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताउनुभयो ।  कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको बताउनुभयो । पर्यटन पवद्र्धन गर्ने उद्देश्य सहित निर्माण गर्न लागिएको यो टावरको निर्माण अबको १८ महिनामा सम्पन्न हुने वण्डर्स नेपालले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *