Thursday, June 04, 2020
Home > मुख्य समाचार > सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र

सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र

इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ ।

पुल निर्माण छाडेर हिँडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । निर्माणको जिम्मेवारी पाएका व्यवसायी शिवराम सापकोटाले प्रमुख जिल्ला अधिकारीको फोन समेत नउठाइ बेपत्ता भएको कार्यालयको भनाई छ । पुलको आधा भन्दा बढि निर्माण गरेर निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ ।

इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार भर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोड जस्ता शहरहरुमा आउने मुख्य सडकमा पर्ने पुल अहिले सबैको रमिता बनेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको थियो । भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता भएपनि २५ लाख जतिको काम अधुरै रहेको डिभिजन सडक कार्यालयका डिभिजनल इञ्जिनियर खड्गलाल श्रेष्ठले बताउनुभयो । स्ल्याब हालेपनि पुलका अन्य निर्माण र एक्सेस रोड पनि बाँकी छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *