Monday, April 06, 2020
Home > मुख्य समाचार > २ लाख घुससहित सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ

२ लाख घुससहित सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ

दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् ।

आज बेलुका ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । जन्म दर्ता बनाउनकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन् । मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताउनुभयोे । सेवाग्राहीको नाम भने गोप्य राखिएको छ । मिश्रलाई थप अनुसन्धानका लागि आजै इटहरी ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *