Tuesday, August 04, 2020
Home > मुख्य समाचार > मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले आज काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ । तर समग्र एसिया प्रसान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ । एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्याड पछि थाइल्याण्ड दोस्रोमा रहेको छ । प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो ।

मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *