Saturday, July 11, 2020
Home > राष्ट्रिय समाचार > मानव विकास प्रतिवेदन २०१९ प्रदेश एकको राजधानी विराटनगरमा पनि सार्वजनिक

मानव विकास प्रतिवेदन २०१९ प्रदेश एकको राजधानी विराटनगरमा पनि सार्वजनिक

संयुक्त राष्ट्र संघले मानव विकास प्रतिवेदन २०१९ प्रदेश एकको राजधानी विराटनगरमा पनि सार्वजनिक गरिएको छ ।

विश्वभर एकैपटक सार्वजनिक गर्ने मानव विकास प्रतिवेदन नेपालमा भने संघीय राजधानी सहित सातवटै प्रदेशमा सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सन् २०१४ सम्म मानव विकासको अवस्था न्यून रहे पनि सन् २०१६ देखि मानव विकासको अवस्था सुधारोन्मुख रहेको बताउनु भयो । नेपालको मानव अधिकारको अवस्था सुधारोन्मुख रहेको बताउदै मुख्यमन्त्री राईले प्रदेश एकमा भौतिक पूर्वाधार निर्माण, रोजगारी र उद्यमशिलताको विकास गरेर मानव विकासमा सुधार गर्ने बताउनु भयो ।

सार्क मुलुकमा नेपाल पाँचौ स्थानमा छ । प्रतिवेदनमा टिप्पणी गर्दै सहभागिले प्रदेश स्तरीय मानव विकास प्रतिवेदन ल्याउनु पर्नेमा जोड दिएका थिए । बढ्दो बेथिती, दण्डहीनता, बढ्दो भ्रष्ट्राचार र अनियमितता, सामाजिक न्यायको अभाव, राज्यका नीति कार्यान्वयन नहुने जस्ता समस्याले असमानता बढ्दै गएको सहभागिको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *