Saturday, July 11, 2020
Home > राष्ट्रिय समाचार > अज्ञात समूहद्धारा वडा कार्यालय र एक डोजरमा आगजनी

अज्ञात समूहद्धारा वडा कार्यालय र एक डोजरमा आगजनी

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा अज्ञात समूहले गएराति वडा कार्यालय र एक डोजरमा आगजनी गरेको छ ।

मध्यराति गरिएको आगजनीबाट ५ नंम्वर वडा कार्यालय र सडक निर्माण गर्दे गरेको डोजर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । मादी नगरपालिका ५ को वडा कार्यालय आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्यूटर, लगायत सामग्री जलेर नष्ट भएको नगरपालिका मेयर विदुर सुब्बाले बताउनु भयो । करिव १२ बजेको समयमा भएको आगजनी नेकपा विप्लप समूहका कार्यकर्ताले गरेको हुन सक्ने उहाँले आशंका गर्नु भयो । त्यसै गरि गए राति नै करिव १२ बजे सगरमाथा कन्ट्रक्शन कम्पनीले बज्र ग्रुपलाई सडकको काम गर्न दिएको थ्री ट्वान्टी डी टू क्याट एक्साभेटरमा समेत आगजनी भएकोे छ । आगजनीबाट एक्साभेटरमा पूर्ण रुपमा क्षति पुगेको संखुवासभाका प्रहरी नायव उपरिक्षक मीमबहादुर लामाले बताउनु भयो । उक्त एक्साभेटरले मादी नगरपालिकाको सडक निर्माण गदै आएको थियो । आगजनीबाट लाखौको क्षति पुगेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *